विद्युतीय राहदानीका लागि पूर्व निर्धारित समय तालिका फेरबदल
जापानमा बसोबास गर्ने नेपालीहरुले विद्युतीय राहदानी पाप्तिका लागि दिइएको निवेदन अनुसार लाइभ इनरोलमेन्ट (प्रत्यक्ष नामाकंन)का लागि पूर्व निर्धारित समय तालिका फेरबदल भएको टोकियोस्थित नेपाली राजदूताबासले जनाएको छ ।

दूताबासले एक सूचना जारी गरी कूटनीतिक अधिकृत तथा राहदानी सम्बन्धी काम गर्ने कर्मचारीमा कोभिड १९ संक्रमण भएका कारण डिसेम्बर २ देखि ९, २०२२ सम्म लाइभ इनरोलमेन्ट (प्रत्यक्ष नामाकंन) गर्न नसकिएको जनाउँदै नयाँ मिति तोकेको छ ।
दूताबासले उल्लेखित मितिमा प्रत्यक्ष नामांकनको मिति लिनुभएकाहरुले तलसिल बमोजिमको मितिमा सम्पर्क गर्न जानकारी गराएको छ ।
जस अनुसार डिसेम्बर २ को मिति लिएकाहरुले डिसेम्बर १४, डिसेम्बर ५ को मिति पाएकाहरुले डिसेम्बर १५, डिसेम्बर ६ का लागि मिति लिएकाहरुले डिसेम्बर १६ मा सम्पर्क गर्नुपर्नेछ ।
त्यसै गरी डिसेमबर ७ को मिति पाएकाहरुले डिसेम्बर १९, डिसेम्बर ८ का लागि मिति लिएकाहरुले डिसेम्बर २० र डिसेम्बर ९ को मिति पाएकाहरुले २१ डिसेम्बरका दिन सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दूताबासका अनुसार उक्त अवधिको प्रत्यक्ष नामांकनका लाग समय लिनुभएकाहरुले पुनः समय लिनुपर्ने छैन भने घुम्ती सेवा छिट्टै सुरु हुने भएकाले हवाई मार्गबाट आउनुपर्नेहरुलाई अर्को सूचना नभएसम्म प्रतिक्षा गर्न पनि अनुरोध गरिएको ।
प्रतिक्रिया राख्नुहोस्