एनआरएनएको १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन
दुई समूहबीच एकता भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्व चयनको तयारीमा लागेको छ । एकतापछि बसेको बैठकले १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।
संघका अध्यक्ष महेश कुमार श्रेष्ठले एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
समितिका सदस्यहरुमा चिरञ्जीवी ढकाल (यूके), टीबी कार्की र नरेन्द्र भाट (कतार), होमनाथ पाण्डे (अष्ट्रेलिया) ,सुरेन्द्र श्रेष्ठ (यूके) र भरत अर्याल (अमेरिका) रहनुभएको छ ।
१२औं महाधिवेशनको मिति भने स्टेरिङ कमिटीको आगामी बैठकले तय गर्ने अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो ।
यसै गरी बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा नयाँ सदस्यता लिन चाहने तथा नविकरण गर्न चाहनेका लागि डिसेम्बर ९ देखि जनवरी ९ सम्म एमआरएस (मेम्बर रजिस्ट्रेशन सिस्टम) मार्फत सदस्यता खुला गर्ने निर्णय गरी यस सम्बन्धी कार्यविधि तयार गर्न गौरीराज जोशी र बीआर लामालाई जिम्मेवारी दिइएको छ ।





प्रतिक्रिया राख्नुहोस्