जन सरोकार

हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले हुण्डीमार्फत् रु ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

तीन जना पक्राउ

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी रु ५७ लाख ४७ हजार ३५० रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.