जल/वातावरण
एक हजार ५६ जना संक्रमित थपिए, एक हजार ४ सय ८३ जना निको भए

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्याभन्दा निको भएर घर फर्कनेहरुको बढिरहेको छ । बुधबार २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण देखियो भने १ हजार ४ सय ८३ जना निको भएर फर्किएका छन् ।
बुधबारको यो संख्या सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर गरिएको छ ।
त्यस्तै, बुधबार संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।