पुनः एक भए विवेकशील र साझा : विगतको फुटलाई दुर्घटनाको संज्ञा
वैकल्पिक शक्तिको दावी गर्दै आएका पार्टी विवेकशील र साझा पार्टी एकता भएको छोटै समयमा पुनः विभाजित भए पनि अहिले फेरि एक भएका छन् । बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको छ ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ भने अध्यक्षमा साझाका रवीन्द्र मिश्र र संयोजक विविेकशीलका मिलन पाण्डे छन् । त्यस्तै दुवै दलबाट केन्द्रीय समितिमा ६५, ६५ जना रहनेछन् भने सचिवालय २६ सदस्यीय छ ।
एकता घोषणामा विगतमा एक भएर पुनः विभाजित भएकोमा दुबै दलले माफी मागेका थिए र छ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ ।
पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गर्दै सुशासनका लागि आफूहरू लागिपर्ने बताउनुभयो । त्यस्तै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्