गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएको हो ।

थापाले आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने बताउनुभयो ।
महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताउनुभयो ।
घोषणा कार्यक्रममा थापाले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताउँदै सभापति को हुन्छ भन्ने थाहा नभए पनि आफूले सभापतिमा जसलाई भोट हाल्ने हो उसको लागि पनि मत माग्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्