जन सरोकारस्वास्थ्य

आज थपिए दुईसय ११ जनामा कोरोना सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४५१ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७०१ पुगेको छ ।

पछिल्लो समय थप ३२९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार ९०० पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसै गरी, पछिल्लो समय तीन लाख ३७ हजार १७२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १२५ छ ।

हाल होम आइसोलेसनमा पाँच हजार ८३३, संस्थागत आइसोलेसनमा २७२, सघन उपचार कक्षमा १२१ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.