खेलफूटबल

नेपाल सुपर लिग फुटबल : झापा र वीरगञ्जले गोलरहित बराबरी खेले 

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ ।

झापा र वीरगञ्जले गोलरहित बराबरी खेले 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको झापाको भने ३ अङ्क छ ।

सोही प्रतियोगिताअन्र्गत भोलि दुई खेल हुनेछ । जसमा पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल काठमाडौँ रेजर्स र बुटवल लुम्बिनी आमने सामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.