कर्पोरेट/पर्यटन

बिहीबारदेखि चिडियाखाना खुल्ने, एकदेखि डेढ घण्टाभित्र बाहिर निस्कनुपर्ने

चिडियाखाना

गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने हुनाले अवलोकनकर्तालाई पहिले भन्दा कडाइ महसुस हुन सक्छ ।

चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.