राजनीति

सन्तनेता भट्टराईको राजनीतिक आदर्श उदाहरणीय

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सन्तनेता स्व कृष्णप्रसाद भट्टराईको राजनीतिक आदर्श सबैका लागि प्रेरणा भएको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले बानेश्वरस्थित निर्माण गरेको छक्कुपक्कु उद्यानमा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण गर्ने क्रममा नेता सिंहले भट्टराई राजनीतिक आदर्श भएका व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।

“बानेश्वर, भट्टराईको राजनीतिक जीवनसँग सम्बन्ध जोडिएको ठाउँ हो । त्यसैले हामीले यस पार्कमा शालिक राख्ने निर्णय गरेका हौँ”, कार्यक्रममा वडा १० का अध्यक्ष रामकुमार केसीले भन्नुभयो, “नेता भट्टराई पार्टीभन्दा माथि हुनुहुन्थ्यो ।’’

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोद भट्टराईसहितका वक्ताले उहाँको राजनीतिक जीवनका विषयमा चर्चा गर्नुभएको थियो । शालिक धनबहादुर याख्खाले बनाउनुभएको हो । ढलोटबाट निर्माण गरिएको उक्त शालिक र यसलाई राख्ने आसनसहित रु १० लाख खर्च भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button