राजनीति

गुरुङ र विश्वकर्माद्वारा सभापति र सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा कल्याण गुरुङ र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो नेता हुनुहुन्छ ।

एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उहाँको एजेण्डा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button