राजनीति
देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता, सिटौला प्रस्तावक
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँलाई यसअघि सभापतिका दावेदार कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको छ ।

देउवासंगै सभापतिका लागि चारजनाको उम्मेदवारी परेको छ । यसअघि सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।
सभापति देउवासँगै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनुहुन्छ । शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्