राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । बुधबार भएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो ।
![ll](https://www.nepaljapan.com/wp-content/uploads/2024/12/ll-e1733914434371.jpg)
कीर्तिपुर् स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिंग ब्याटिंङ गरेको काठमाडौँ १९ दशमलव २ ओभरमा एक सय तीन रनमा समेटियो । काठमाडौँको लागि भिम सार्कीले ४० बलमा एक चौकको मद्दतमा ३१ रन बनाए भने डेन डाउथवेटले २४ बलमा दुई छक्काको सहयोगमा २१ रन जोडे ।
त्यस्तै प्रतिक श्रेष्ठले १४ बलमा दुई छक्का प्रहार गर्दै रन जोड्दा स्टेफन इस्किनाजीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको लागि शाद विन जफरले तीन विकेट लिए भने रामोन सिमोन्ड्स र अभिशेष गौतमले समान दुई-दुई विकेट लिँदा सुर्य तामाङ र विवेक यादवको भागमा समान एक-एक विकेट लियो ।
काठमाडौँले दिएको एक सय चार रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनी १९ दशमलव २ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए भने उन्मुक्त चन्दले १४ रन जोडे । त्यस्तै सूर्य तामाङले क्क रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौँका लागि करण केसीले चार विकेट लिए भने , दिपेश कँडेलले तीन विकेट लिँदा, जेहार्ड एरासमसको भागमा दुई विकेट रह्यो । छ ६ खेल खेल्दा लुम्बिनीले एक खेल जित्दै दुई अंक मात्र जोडेको छ भने चार खेलमादुई जित र दुई हारसहित चार अंक जोडेको काठमाडौँको प्लेअफ सम्भावना कायमै राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्