विश्व समाचार

दक्षिण एसियामा ओमिक्रोनको संक्रमण बढ्दै

कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमणले युरोपका जनजीवन अस्तव्यस्त हुँदै गर्दा सहज हुँदै गएको दक्षिण एसियामा पनि संक्रमण फैलन थालेको छ ।

नेपाल, भारत, श्रीलंकासंगै बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार त्यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ ।

त्यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिनुभएको हो । उहाँले दुई जनामा यो सङ्क्रमण पाइएको जानकरी दिनुभयो ।

उहाँका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको जनाएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button