राजनीति

देउवा समूहबाट रिजाल र ढुंगाना निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित हुनुभएको छ । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उहाँहरु दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिनुभएको थियो ।

रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुनुहुन्छ । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button