खेलविविध

तारकेश्वर तेस्रो मेयर रनिङ शिल्ड : २९ स्वर्णसहित लालिगुराँस टिम च्याम्पियन

काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘तेस्रो मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा तनहुँको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले तारकेश्वर नगरपालिकाभित्र रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो ।

तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्रका विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेकोे बताउनुभयो ।

प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र रहेका सामूहिक तथा संस्थागत ५४ विद्यालयका तीन हजार ४५४ विद्यार्थीले सहभागीता जनाएका थिए । ७६ स्वर्णपदकका लागि भएको प्रतिस्पर्धामा लालिगुराँस एकेडेमीले २९ स्वर्णपदक जितेर प्रथम भएको छ ।

लालिगुराँस एकेडेमीले २९ स्वर्ण, छ रजत र ११ कास्य गरी जम्मा ४६ पदक जितेर प्रथम हुँदा हिमरश्मी हाईस्कुल १३ स्वर्ण, २६ रजत र १४ कास्य गरी ५३ पदकसहित दोस्रो र किण्डरगार्डेन सेकेण्डरी स्कुल आठ स्वर्ण, तीन रजत र एक कास्य गरी १२ पदकसहित तेस्रो स्थान हाँसिल गरेको छ ।

यस्तै, मानसिंह धर्म माविले पाँच स्वर्ण, छ रजत र तीन कास्य गरी १४ पदकसहित शान्त्वना स्थान हाँसिल गरेको छ । नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले तारकेश्वर नगरपालिकामा खेलकुद क्षेत्रको विकास गर्न प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरिँदै आइएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.