राजनीति

एकजनालाई मतदान गर्न आधा घण्टा

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि जारी मतदानमा दिउँसो ४ बजेसम्म करीब १४ सय मत खसेको छ । धेरै उम्मेदवार र कागजी मतपत्र भएकाले एकजना प्रतिनिधिलाई मतदान गर्न करीब आधा घण्टा लाग्ने गरेको छ ।

निर्धारित समयभन्दा झण्डै चारघण्टा ढिलो गरी मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा चार बजेसम्म एक हजार ४ सयको हाराहारऋीमा मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो ।

कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ८५२ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.