जापान

जापानमा ‘बुस्टर डोज’ लगाउन निवेदन आव्हान

जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबिरुद्धको दुबै मात्रा खोप लगाइसकेका व्यापारिक संस्थान तथा विश्वविद्यालयहरुमा कार्यरतका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन निवेदन माग गरेको छ ।

मन्त्रालयले सोमबारबाटै निवेदन प्रक्रिया अघि बढाएको र आउँदो मार्च महिनाभित्र स्थलगत रुपमा कार्यस्थलमा रहनेहरुलाई बुस्टर डोज दिन सुरु गर्ने योजना बनाएको छ ।

मन्त्रायका अधिकारीहरुका अनुसार आउँदो फेब्रुअरी महिनासम्म बुस्टर डोजका लागि मोर्डनाको खोप वितरण सुरु गर्ने योजना रहेको छ । कोरोना बिरुद्धको खोपको दोस्रो मात्रा लगाएको ८ महिना पूरा भएकाहरु तेस्रो मात्राका लागि योग्य हुने छन् ।

स्वास्थ्य मन्त्रालयले खोप वितरणलाई व्यापक मात्रामा गर्न प्रत्येक केन्द्रमा दैनिक १ हजारभन्दा बढीलाई खोप दिने योजना बनाएको छ ।

त्यसो त जापानले यसै वर्षको जूनमहिनामै बुस्टर डोज सुरुवात गर्ने योजना रहेको भए पनि खोप आपूर्ति चाहिनेजति नभएका कारण निवेदन लिन बन्द गरिएको थियो । यसपटक भने आवश्यक मात्रामा खोप सुनिश्चित गरिने जनाइएको छ ।

जापानमा यसै महिनाको सुरुवातदेखि स्वास्थ्यकर्मीहरुलाई तेस्रो मात्राको खोप लगाउन सुरु गरिसकिएको छ र हालसम्म ५२ हजारभन्दा बढीले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.