आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारबिरुद्ध प्रदर्शन गरेको छ । पार्टीका शीर्ष नेताहरु विभिन्न जिल्लामा पुगेर सम्बोधन गरेको प्रदर्शनमा सभापति शेरबहादुर देउवाले मकवानपुरको हेटौंमा आयोजित बिरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने प्रश्न गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको आरोप लगाउँदै भन्नुभयो ‘ओली नै तत्कालीन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? तर कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’
सम्बोधनका क्रममा सभापति देउवाले प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालीन राजाले आफूलाई थुनेको स्मरण गर्दै राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको पनि बताउनुभयो ।
बताए ।
देउवाले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गर्दै निर्वाचनका बेला तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै भन्नुभयो आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।
प्रतिक्रिया राख्नुहोस्