राजनीति

करिब ३३ सय मतगणना हुँदा देउवालाई १५ सय बढी मत

नेपाली कांग्रेसको भावी सभापतिका रुपमा प्रधानमन्त्र तथा वर्तमान सभापति शेरबहादुर देउवा अग्रस्थनमा हुनुहुन्छ । आज विहानसम्मको मतगणनामा देउवा सबैभन्दा अग्रस्थानमा हुनुहुन्छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा करिब ३३ सय मत गणना हुँदा देउवाले १५५६ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाउनुभएको छ भने प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २१० मत पाउँदा कल्याण गुरुङले १७ मत पाउनुभएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.