दोस्रो चरणमा देउवालाई निधि र सिंहको साथ
प्रधानमन्त्री तथाा नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई पार्टीको जारी महाधिवेशनमा सभापति पदको अर्को चरणको मतदानमा उम्मेदवारद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंहको साथ रहने भएको छ ।

मंगलमार विहान सम्पन्न मतगणनामा सभापतिमा जितका लागि मतपरिणाम ५० प्रतिशत कटाउन ८२ मत नपुगेर दोस्रो चरणको निर्वाचनमा जनुपर्ने भएपछि देउवालाई निधि र सिंहको साथ रहने भएको हो ।
पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार प्रधानमन्त्री देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।
पहिलो चरणमा आफूले स्पष्ट बहुमत ल्याउन नसकेपछि प्रधानमन्त्री देउवा, निधिलाई भेट्न उहाँको बानेश्वरस्थित निवास पुग्नुभएको थियो । निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेट्नुभएको थियो । भेटमा दुबै नेताले देउवालाई नै समर्थन गर्ने जानकारी गराएका थिए ।
प्रधानमन्त्री देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पत्रकारहरुसमक्ष नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका भए प्नि देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरेकाल समर्थन गरेको बताउनुभयो ।
सिंहले प्रधानमन्त्री देउवाले आफूलाई सहयोग गर्न भनेको र विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएकाले पनि समर्थन गरेको जानकारी दिनुभयो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको थियो । स्पष्ट बहुमतका लागि देउवालाई ८२ मतको अभाव रह्यो । त्यस्तै सभापतिका अर्का दावेदार शेखर कोइरालाले १७०२ मत प्राप्त गर्दा प्रकाशमान सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्