जापान

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, श्रवण सत्याल, जनक सुवेदी, आर एच गौतम र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी दिनुभयो ।

त्यसै गरी मञ्चको महासचिब बाबुराम पौडेल, उपमहासचिवमा दावा शेर्पा, शिबु थापा र रामकृष्ण भण्डारीलाई चयन गरिएको छ भने सचिवमा खगराज गौतम, अर्जुन अंगाई, बेनुका खड्का, गौरी शंकर गैरे ’राम’ र मुना सुनार, कोषाध्यक्षमा भुवन हुमागाई र सह कोषाध्यक्षमा ध्रुव अधिकारी र गौरी सापकोटा निर्वाचित भएको निर्वाचन समन्वय समितिका सदस्य तिलक मल्लले जानकारी दिनुभयो ।

सर्वसम्मतरूपमा सम्पन्न भएको निर्वाचनबाट सदस्य पदमा राजन पन्त, शिशिर न्यौपाने, मदन थापा, डिलाराम निउरे, बुद्धिमान मोक्त्तान सागर, बिनोद राई, रामबहादुर खत्री, बलराम थिंङ, पेमा लामा, केशव भट्टराई, श्याम गिरी, ममिता मोक्त्तान र गिरबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

त्यसै निर्वाचित हुने सदस्यहरूमा भरत अर्याल, राजन गौतम, पवन अधिकारी, प्रमिला राई, राजु भण्डारी, सचिन केसी, प्रकाश सापकोटा, बच्चुराम अर्याल, कर्साङ तामाङ, ज्ञानम रुम्बा, बालबिक्रम तिगेला, जीवन पोखरेल र राज पुरी रहनुभएको छ ।

अधिवेशनबाट लेखा, अनुशासन तथा अनुगमन आयोगको अध्यक्षमा कालिका थापा र सदस्यमा जिपी लामिछाने, अर्जुन ढकाल र सन्देश पोखरेललाई चयन गरिएको छ भने सल्लाकार समितिको अध्यक्षमा मञ्चका निवर्तमान अध्यक्ष हवल चन्द्र लामालाई चयन गरेको छ भने रामहरि पुडाशैनी इन्चार्जमा चुनिनुभएको छ ।

अधिवेशनलाई भर्चुअलको माध्यमबाट सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र प्रवास समन्वय समितिका अध्यक्षले ओम शर्मा, टिवि पाठक र पूर्वी एशियाका रमेश तिवारी लागायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।

सम्बोधन गर्दै उहाँहरुले गुटवाद, व्यक्तिवाद, भ्रष्टवादलाई अन्त्य गर्दै समाजवादको यात्रा तयार पार्दै पूँजीवादलाई बिस्थापित गरेर समाजवादको यात्रामा अगाडी बढ्न र अब आउने चुनावमा माओबादी पाटीलाई पहिलो बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई आ(आफ्नो क्षेत्रबाट खटिन निर्देशन दिनुभएको थियो ।

साथै उहाँहरुले प्रवासमा रहेका नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा संगठन हाँक्न सक्ने नेत्तृत्व चयन गर्न सुझाव दिनुभएको थियो ।

प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवास समन्वय समितिका सदस्य डा. भुपालमान श्रेष्ठ, एसिया प्यसिफिकका नेताहरु भवानी पन्त, रामहरी पुडासैनी, एनआरएनएका एसिया प्यासिफ़िक संयोजक रवीन्द श्रेष्ठ गोविन्द, पूर्व अध्यक्ष मोहन खत्री, अरुण श्रेष्ठ लगायतले आफ़नो मन्तव्य राख्नुभएको थियो ।

औपचारिक कार्यक्रम मञ्चका अध्यक्ष हवल चन्द्र लामाको अध्यक्षता र सचिव सालीकराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button