नेपाल भलिबल संघ जापानको आयोजनामा भोलि बुधबार डिसेम्वर १५ मा साइतामाको तोदा हलमा आयोजना हुन लागेको भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलबार साँझ टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष रत्नसिहं बस्नेतले प्रतियोगितामा कुल नौ टिम सहगिता रहने निश्चित गर्दै खेलको टाईसिट सार्वजानिक गर्नुभयो ।
उहाँका अनुसार समुह “ए”मा एनबिए जापान, गल्कोट स्पोर्टस जापान, सिजुओका र बोहोराफॅाट क्लवले प्रतिस्पर्धा गर्ने छन भने समुह “बी” मा गल्कोट समाज जापान, गल्कोट समाज ओशाका, नारिता क्लव, गुल्मी समाज र एनवाईएससी क्लवले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा विजेता टिमले नगद तीन लाख येन सहित प्रमाण पत्र र शिल्ड हात पार्ने छन। यसैगरि उपविजेताले नगद दुई लाख येन, सेमिफाईनल प्रतिस्पर्धिले ५०/५० हजार येन नगद सहित प्रमाणपत्र पाउने छन् ।
यसैगरी प्रतिस्पर्धामा व्यक्तिगत उपाधि तर्फ वेस्ट डिफेन्स, किपिगं, वेस्ट सुटर, वेस्ट भलि र बेस्ट कोच गरि विभिन्न विधामा पुरस्कार पाउने छन् भने उत्कृष्ठ एकजना खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालन गरिएको मिराई लाइफ इन्स्योरेन्सले विशेष पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी श्री गुरूङ, प्रतियोगिताका विभिन्न व्यवस्थापन कमिटीका संयोजकहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव भिक्टर मगरले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्