राजनीति

दोस्रो चरणको निर्वाचनमा देउवा ठूलो अन्तरले विजयी

पदाधिकारी तथा सदस्यका मतगण्ना आजै सुरु, पुस ५ गतेसम्म परिणाम आइसक्ने

नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उहाँले प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ठूला अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत पाउनुभया भने प्रतिस्पर्धी डा.  कोइरालाले १८ सय ५५ मत मात्र प्राप्त गर्नुभएको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।

सभापतिको मतपरिणाम घोषणा भएसंगै महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट शुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मतगणना बुधबार अपरान्हदेखि शुरू हुने बताउँदै शुरूमा पदाधिकारीको मतगणाना थाल्ने तयारीरहेकोा जानकारी दिनुभया ।

उहाँले पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने बताउनुभयो । गत २४ गतेबाट शुरु भएको कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.