राजनीति

एमाले मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण

१० औं महाधिवेशनपछि नेकपा एमालेमा मनोनित केन्द्रीय कमिटीका सदस्यहरुले बुधबार तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गरेका छन् ।

मनोनित केन्द्रीय सदस्यहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.