एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । सो खोप युनिसेफमार्फत् आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिनुभयो ।
यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । यो सँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ।
विभिन्न कम्पनीको अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।
प्रतिक्रिया राख्नुहोस्