कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म भएको गणनामा गगन थापा र विश्वप्रकाश शर्मा अग्रस्थानमा हुनुहुन्छ ।

ताजा स्थितिमा थापाले १३८१ मत प्राप्त गर्नुभएको छ भने शर्माले ८५१ । त्यसै गरी महामन्त्रीका अर्का उम्मेद्वार डा. प्रकाशशरण महत ६९८, प्रदीप पौडेल ६२१, डा. मिनेन्द्र रिजाल, ३६५ र डा. राजाराम कार्कीले ५९ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिनुभयो ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्