आरोप प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौति
नेकपा एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएपछि अध्यक्ष प्रचण्डले त्यसको पुष्टि गर्न चुनौति दिनुभएको छ ।

बिहिबार एक विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गर्नुभएको हो ।
साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाउनुभएको छ ।
अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्