राजनीति

महामन्त्रीमा पराजयपछि रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुभएका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल सो पदमा पराजित हुने लगभग निश्चित भएपछि मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

मन्त्री डा रिजालले महामन्त्रीको मतगणनाको प्राम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

आफू परायको निकट पुगेपछि डा. रिजालले ट्वीट गर्दै लेख्नुभएको छ- “नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।”

रिजालले महामन्त्रीको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने र राजीनामाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button