कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश, विजयपछि शर्माको टिप्पणी ‘रुपान्तरणको नयाँ यात्रा’
नेपाली कांग्रेसमा युवा पुस्तामाझ निकै लोकप्रिय दुई नेता गगन थापा र विश्वप्रकाश शर्मा १४ औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएको छ ।

खसेको कुल मतमध्ये थापा ३०२३ मत ल्याएर पहिलो र शर्मा १९८४ मत प्राप्त गरी दोस्रो स्थानमा रहँदै विजयी हुनुभएको हो । यसै गरी महामन्त्रीका अन्य उम्मेदवारहरु डा. प्रकाशशरण महत १५५०, प्रदीप पौडेल १४०९, डा. मिनेन्द्र रिजाल, ८०९ र डा राजाराम कार्कीले १०७ मत प्राप्त गर्नुभयो ।
पार्टीमा अलगअलग प्यानलबाट उम्मेदवारी दिएका दुई नेताले अन्य प्रतिस्पर्धीको तुलनामा निक बढी मत प्राप्त गरेका थिए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
महामन्त्रीमा विजयी भएपछि शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने र नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको बताउनुभयो ।
शर्माले फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्