कर्पोरेट/पर्यटन

नेपाल एयरलाइन्सले घटायो हुम्ला नेपालञ्ज हवाई भाडा

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ ।



नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उहाँले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।

सम्बन्धित खबर

Back to top button