विदेशी मुद्रामा कारोबार गर्न के छ प्रावधान ? शनिबार हुँदैछ जानकारीमूलक विशेष कार्यक्रम
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थ मन्त्रालयसंगको सहकार्यमा शनिवार प्रवासी नेपालीहरुका लागि विदेशी मुद्रामार्फत कारोबारे विशेष जानकारी मुलक कार्यक्रम आयोजना गर्ने भएको छ।

डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे (जापानको समय)मा आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा विदेशी मुद्रा मार्फत कारोबारका बारेमा नेपाल सरकारको नयाँ नीति विषयमा विशेष जानकारी दिने बताइएको छ।
अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनी येन, कोरियन वन र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने, विदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्यूनतम पाँच हजार अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाका लगयतका बारेमा जानकारी गराइने छ ।
एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अर्थ मन्त्रालयका अर्थविदको सहभागितामा विदेशी मुद्रामा खाता खोल्ने प्रकृया, सम्पत्तिको स्थानान्तरण सम्बन्धमा भएका खाता खोल्नका लागि आवश्यक कागजात एवं प्रावधानहरुका बारेमा विस्तृत जानकारी गराइने तयारी गरिएको छ ।
अनलाईन मार्फत आयोजना हुने कार्यक्रम गैरआवासीय नेपाली संघ जापानको अफिसियल फेसबुक पेजका साथै अन्य विभिन्न संचार माध्यमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतिक्रिया राख्नुहोस्