राजनीति

क्रिकेट खेलाडीमाथिको कारबाहीप्रति प्रचण्डको असन्तुष्टि

नेपाल क्रिकट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिं ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई गरेको कारबाहीले राजनीतिक मोड लिएको छ ।

क्यानले गरेको निर्णयप्रति असन्तुष्ट कप्तान, उपकप्तानसहितका खेलाडीलाई सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गर्दै कप्तान समेत परिवर्तन गरेपछि क्यानभित्रै विवाद भएको छ भने यस विषयलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चासो दिनुभएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भएको थियो ।

कारबाही गर्ने क्यानका निर्णयप्रति बोर्डका ६ जना सदस्यले भने फरक मत राखेका छन् । बोर्डको निर्णयमा ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा, अमितबाबु पाण्डे, छुम्बी लामा र सञ्जय सिंहले नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.