राजनीति

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम अनुसार महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित हुनुभएको थियो । बाँकी पाँच क्लष्टरमध्ये अब सहमहामन्त्री पदका खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्लष्टरको मतगणना भइरहेको छ ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।

थारु क्लष्टको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब बाँकी सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना बाँकी छ । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button