राजनीति

कांग्रेसका ऊर्जावान युवालाई लिएर अघि बढेको छु : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको बताउनुभएको छ ।

डा. कोइरालाले महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पुर्याएको पनि बताउनुभएको छ ।

निर्वाचनमा पराजित भए पनि राजनीति जितेको बताउनुभएका नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापतिमा पुनः निर्वाचित देउवालाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.