राजनीति

कांग्रेस संसदीय दल भन्छ- तत्काल संसद अधिवेशन बोलाएर अध्यादेश फिर्ता लिऊ

प्रमुख विपक्षी दल नेपाली संसदीय दल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको भावना र मर्म विपरीत छ रहेकाले यो तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो ।

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक खाँडले भन्नुभयो, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’

सम्बन्धित खबर

Back to top button