विश्व समाचार

बेलायतमा भयावह बन्दै कोरोना : एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा सङ्क्रमण भयावह बन्दै गएको छ । शुक्रबार बेलायतमा ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।

यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन् । यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए । यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो ।

यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् ।यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।

यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् । यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ ।

बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ

यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button