राजनीति

कांग्रेस नेता कनौडियाको सुगर मिलले किसानबाट चार करोड लिन बाँकी

सर्लाहीका उखु किसान चिनी मिलले भुक्तानी दिएन भनेर राजधानीमा आन्दोलित छन्, सरकारले उखु मिललाई तत्काल भुक्तानी दिन र नदिए पक्राउ गर्ने चेतावनी दिएको छ । यसबीचमा एक चिनी मिलले भने किसानलाई दिन हेन किसानबाट ४ करोड रुपैयाँ लिन बाँकी रहेको प्रेस विज्ञप्ति जारी गरेको छ ।

सन्दर्भ हो लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाको चिनी मिलले किसानलाई दिन हैन किसानबाट लिन बाँकी रहेको प्रेस विज्ञप्ति जारी गरेको छ ।

कनौडियाको स्वामित्वमा रहेको महालक्ष्मी सुगर्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख गर्दैबरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको दावी गरेको छ ।

प्रालिका सहायक प्रबन्धक दीपक न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा कपिलवस्तुमा किसानलाई बिउ, मल उपलब्ध गराएवापतको चार करोड रुपैयाँको तमसुक प्रालिसँग सुरक्षित रहेको उल्लेख छ । उक्त चार करोड रुपैयाँ असुल उपरका लागि पहल गरिदिन अपील गर्दै अन्यथा कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सरकारले प्रतिक्वीन्टल २५ रुपैयाँका दरले दिनुपर्ने अनुदान रकम प्रालिले नपाएको अवस्थामा काठमाडौंमा चलिरहेको उखु किसानको आन्दोलनलाई लिएर प्रालिले पनि किसानलाई रकम नतिरेको प्रचार सरासर गलत भएको दावी गरेको छ ।

सम्बन्धित खबर

Back to top button