राजनीति

सर्वदलीय बैठक विना निष्कर्ष सकियो

एमसीसी अनुमोदन लगायत नेकपा एमालेद्वारा जारी संसद अवरोध हटाउने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा दलका नेताहरुले आआफ्नो धारणा राख्दै अर्को बैठकबाट निष्कर्ष निकाल्ने तय भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनुभएको थियो भने नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राख्नुभएको थियो ।

त्यस्तै सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार सो पार्टी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राख्नुभएको थियो ।

उता जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राख्नुभएको थियो ।

यसै गरी बैठकमा सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् । बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित नभएको बैठकको निष्कर्ष रहेको बताउनुभयो ।

सो बैठकमा नेकपा एमाले भने अनपस्थित थियो । एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button