जल/वातावरण

पहिलो चरणमा नौलाख जनालाई कोरोना विरुद्ध खोप लगाइने तयारी

सरकारले कोरोना विरुद्ध खोप ल्याउने तयारी भैरहेको जनाउँदै पहिलो चरणमा जोखिममा रहेका करीब नौ लाख व्यक्तिलाई खोप लगाउने तयारी सहित त्यस्ता व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ ।

सरकारले पहिलो चरणमा आफू संक्रमित भई अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको हो । खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने नौं लाख जनालाई प्राथमिकता दिइने भएको छ ।

विभागले नेपाल मेडिकल काउन्सिल , नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका चिकित्सकलगायतका स्वास्थ्यकर्मीको विवरण पनि मागेको छ ।

विश्वका विभिन्न मुलुकहरुमा कोरोना बिरुद्धको खोप दिन सुरु गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले चारवटा मापदण्ड पूरा गरेको खोपलाई मात्र अनुमति दिए पनि नेपाल सरकारले भने र्दुवटा मापदण्ड पूरा गरेका र विश्व स्वास्थ्य संगठनमा सूचीकृत नभए पनि खोप ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.