राजनीति

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिश

झण्डै दुई तिहाइ बहुमतको नजिक रहेको सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीचको शक्ति संघर्षले संसद विघटनको नियति ल्याएको छ । नेकपाका अध्यक्ष प्रचण्ड लगायतका नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट गलहत्याउने तयारीमा लागेपछि ओलीले आइतबार राष्ट्रपति समक्ष संस विघटनको सिफारिश गर्नुभएको छ ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले यो सिफारिस गर्नुभएको हो । विपक्षी दलले संसद अधिवेशनको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूबिरुद्ध पार्टी केद्रीय कमिटी तथा संसदीय दलबाट अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने खेललाई काउण्टर दिन संसद विघटनको सिफारिश गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको यो सिफारिश २०४६ सालमा बहुदल पुनःस्थापनापछिको पहिलो निर्वाचनबाट बहुमतको सरकार बनाएको नेपाली कांग्रेसको जस्तै छ । उतिबेला कांग्रेसभित्र ३६ से र ७४ रेका कारण संसद विघटन भएको थियो भने अहिले पनि नेकपामा दुई गुटका कारण संसद विघटनको सिफारिश भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.