राजनीति

राष्ट्रपतिद्वारा संसद विघटन वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा

राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तोक्नुभएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लैजानुभएको थियो ।

संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए । तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरी निर्वाचनको मिति तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन भनिएको छ ।

सम्बन्धित खबर

Back to top button