साहित्य

कवितामै रुँदै मन समाल्दै छु….

– दीपेन्द्र अधिकारी

वर्षौदेखि म मरिरहे लगातार
शहीदका आहुतिहरू पनि बराबर
अझै नपुगेर आज आमाका आँसु फेरि
देशले फेरि खोज्यो वलिदान छोरा छोरी

जुन जोगि आए नि कानै चिरेका
खाली पदलोभ स्वार्थमा छिरेका
कति पुस्ताले झुक्किनु पर्ने हो अझै
स्वीकार्य छैन यो गलत अन्धकार बजै

कहा छौ वीर सपुत शहीदहरू
स्वर्गबाट फर्किआउ देशभक्तहरू
घर पोली खरानी घसे जोगी वन्नलाई
भतभती पोल्यो मन रहर छैन ढोगी चुन्नलाई

वीर हामी नेपाली वीरता गुमाउने मात्र नेता
देशभक्त नेपाली बीच हुनुपर्छ सधै एकता
दुश्मनको हात पुग्ने छैन हाम्रो अश्मिता माथी
जबसम्म हामी भन्छौ हरेक नेपाली हाम्रै साथी

हेर तोरीको पिना सुक्यो पानीले हुँदैन
बच्चाको त मुखै सुक्यो गालिले छुदैन
रातभर नाच्ने सवेरै उठ्ने बानीले हुँदैन
यसरी जुनजोगी आए नि आकाश छुदैन

जेठो लाग्यो दाइ भाइ आफै फुटाउन
कान्छो पनि जेठो जस्तै लाग्यो टुटाउन
म माइलो गरिरहे मरिहत्य जसरी जुटाउन
जनताले साथ दिऊ सही आवाज उठाउन

२०७७ पौष ५ गते ३:१५ बजे दिउँसो, जापान

सम्बन्धित खबर

Back to top button