राजनीति

विप्लवको निष्कर्ष- "दलाल संसदीय ब्यवस्थाको असफलता र फाँसीवादतर्फको यात्रा"

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा संसद विघटन गरी निर्वाचनको मिति तय गर्नु दलाल संसदीय ब्यवस्थाको असफलता र फाँसीवादतर्फको यात्रा रहेको नेत्रविक्रम चन्द (विप्लव)ले बताउनुभएको छ ।

प्रतिबन्धित रहेको नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी ओलीको कदमलाई दलाल संसदीय ब्यवस्थाको असफलता र फाँसीवादतर्फको यात्रा भभन्दै व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेकोबताउनुभएको छ ।

विज्ञप्तिमार्फत महासचिव विप्लवले संसदीय व्यबस्थाको विकल्प आवश्यक रहेको र त्यसको नेतृत्व आफूहरुले गर्ने जनाउँदै नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु स्वाभाविक भएको जनाउनभएको छ ।

जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट टार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी ओलीले संसद विघटनजस्तो कदम चालेको पनि विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर

Back to top button