जापान

प्रवासी नेपाली एकता मञ्च, जापानद्वारा शुभकामना कार्यक्रम

नेकपा एकीकृत समाजवादीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च, जापानले अङ्रेजी वर्ष २०२२ को पूर्व सन्ध्यामा नयाँ वर्षको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमूख अतिथि नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाहले भिडियो लाइभबाट शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रवासी नेपालीहरुलाई शुभकामनाका साथ पार्टीको नीति र विचारका बारेमा प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा जापानमा कृयाशिल एनआरएन जापान लगाएत दर्जन भन्दा बढी संघ सस्थाका अगुवा तथा प्रतिनिधिहरुले पनि आआफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले जापानमा रहेका नेपाली समाजको हितलाई केन्द्रमा राखी अहिलेसम्म भए गरेका कुराहरुको समिक्षा सहित आगामी दिनमा एकता, आपसी सहयोग र मेलमिलापको सद्भावलाई अझै जोड दिदै अगाडि बढनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका जापान प्रतिनिधि, पर्यटन दूत राजन कुमार पौडेल, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरूङ्ग अजिब, नेपाली जनप्रगतिशील मञ्च जापानका ईञ्चार्ज रामहरि पुडासैनी, जनसम्पर्क समिति जापानका महामन्त्री रामजङ्ग कार्की, नेपाली समाज जापानका उपाध्यक्ष प्रकास केसी लगायत बिभिन्न संगठनका अगुका नेताहरुले आआफ्नो विचार ब्यक्त गर्नुभएको थियो ।

दिप प्रज्वलन गरी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको थियो कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मञ्च जापानका सचिव तथा कार्यक्रम संयोजक हरि लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.