राजनीति

ओलीलाई सत्ताबाट हटाउनु ऐतिहासिक र साहसिक कदम

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई सत्ताबाट हटाउनु ऐतिहासिक र साहसिक कदम भएको बताउँदै ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने दावी समेत गर्नुभयो ।

मंगलबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा नेता नेपालले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताउँदै राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको दावी समेत गर्नुभयो ।

अध्यक्ष नेपालले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताउनुभयो । उहाँले एमालेलाई आफ्‍नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले आफूले पनि मुख्य प्रतिद्वन्द्वी उसैलाई मानेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले भन्नुभयो- “ओलीले हाम्रो अनुहार देख्दिनँ भन्ने, अन्यत्र छुवाछुतको व्यवहार गर्ने, संसद् अवरुद्ध गर्दै आएका छन्, तर कस्तो संयोग, कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए, रमाइलो भयो कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र हामीलाई छुवाछुतको व्यवहार गर्ने यो कस्तो राजनीति हो ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.