राजनीति

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button