बिचार

जति छ त्यतिबाट, जहाँ छौं त्यहीबाट उठौं देश बनाउनलाई

नेपाली राजनीति गतिविधि अहिले तीन पात्रमा केन्द्रित छ । नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले फुटेर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । यी तीनमध्ये प्रचण्ड र माधवकुमार नेपालको दैनिक भाषण केपी ओलीलाई गाली गरेर सकिन्छ । यति भएपछि ओलीले पनि काउण्टर दिनु स्वाभाविक हो ।

प्रतिपक्षले सत्तापक्षको आलोचना गर्नु बहुदलीय प्रतिस्पर्धाका लागि स्वाभाविक हाला तर सत्तारुढ दलका नेताहरु आपसमा सैद्धान्तिक बहस कम, मुलुकको रुपान्तरणका बहस शून्य र व्यक्तिगत गालीगलौजलाई उच्च प्राथमिकता दिएर कार्यकर्तालाई मनोरञ्जन गराइरहेका छन् ।

अहिले नेपाली राजनीतिमा सत्ताबाहिर भए पनि एमाले नै केन्द्रमा छ । संसदभित्र रहेका अरु दलहरुको भाषणको मेसो एमाले अध्यक्ष केपी ओलीर्ला गाली गरेर सुरु हुन्छ र ओलीलाई गाली नै गरेर समाप्त हुन्छ । मुलुकको विकास, निर्माण, सामाजिक अवस्थामा सुधारका विषयमा कसैलाई कुनै चासो छैन, मात्र राजनैतिक शक्ति आर्जनको नाममा संस्कारहीन अभिव्यक्ति दिएर कार्यकर्तालाई चलायमान बनाइरहका छन् ।

राजनीतिमा एउटै विचार, सिद्धान्त भए त्यो बहुदलीय अभ्यास नै हुँदैन । तर, विचार फरक भए पनि प्रतिस्पर्धा गर्दा फरक फरक मोर्चाका सिपाहीले एक आपसमा आत्मसम्मान गरेर चुनावलाई मोर्चा बनाएर देशलाई विजयी बनाउने अभ्यासमा लागौं ।

गाली गलौज र अपमान गर्ने संस्कृति र अभ्यास अति भयो । अव सम्मान गर्ने संस्कृतिको विकास गरौं । सिद्धान्तको बहसमा ब्यक्ति चरित्र हत्या र निषेधको संस्कार त्याग्नुपर्छ, यदि हामी सच्चा नेपाली हौं भने । समाज रूपान्तरण गर्न सैद्धान्तिक बहस भने खुलेरै गरौं ।

मान्नु नमान्नु त्यो अर्कै कुरा हो- प्रतिस्पर्धी भन्दैमा गाली, गलाैज, कुण्ठा बोल्नै पर्छ भन्ने कुनै सिद्धान्त हैन र छैन । जति नै दोष लगाए पनि देश समृद्विको बाटोमा बिगत केही वर्ष अगाडिबाट हिडिरहेको छ । छुट्टै विकासको तरङ्ग नेपालमा आएको छ, भलै कोरोना संकट छ त्यो अर्को पक्ष भयो । यसको प्रमुख श्रेय वामपन्थहरूलाई नै जान्छ । बीचमा आफ्नैले छेकवार नगरेको भए त झन दौडने थियो देश किासको गतिमा ।

हुनत यो हाइपोथेटीकल कुरा भयो । प्रतिकुल अवस्थाको म्याक्सिमम आउट पुट हो जस्तो लाग्छ एक नागरिकको हिसाबले मुल्याङ्कन गर्दा । एउटा कुरा सत्य हो वामपन्थीहरू आआफैं अन्तर्द्वन्द्वमा फसकेका छन् । एक उग्रवामपन्थी (रूपान्तरीत हुन खोजेको) अर्को धेरै पहिले नै रूपान्तरण भएको लिवरल वामपन्थी । कम्युनिष्ट त अब नेपालमा एक दुर्इ व्यक्ति मात्र जीवित हुनुहुन्छ र बाँकी खोपिमा सजिएका वामपन्थहरू ।

यसको अर्थ अरू बुर्जुवा शक्ति, परम्परागत शक्ति हुन् भन्ने पनि हैन । देशमा दुई तिहाई जनमत वामपन्थीको छ । अब वामपन्थहरूको बाढी भन्दा पनि एक्लै बहुमत ढुक्कले नै आउनेछ । जति जति गठबन्धनले शक्तिशाली प्रतिपक्षलाई एक्लाउन खोजिन्छ झन झन जनताको आकर्षण प्रमुख प्रतिपक्षमाथि नै रहने छ, जसको नेतृत्व क. केपी ओलीले गर्नु भएको छ । गुरूत्व आकर्षण गर्नसक्ने क्षमता ओलीमा छ ।

परम्परागत पार्टीका उदयमान नेताद्वय पनि पाँच भाइको इसारामा नारिन पुगे भने प्रतिपक्ष नेतृत्व केपी ओलीको बिरोध गर्दा आफ्नो पार्टीका कार्यकर्ताले पत्याए पनि जनमतको प्रभाव छ भनेर अनुमान गर्न सकिदैन । यस अर्थमा पुरानै नेतृत्वको वाटोमा युवा नेताद्वय गए भने उहाँहरूको पपुलारीटी पनि स्वाठ्टै घट्ने छ । आज हेर्दा सिंहदरवार वरीपरी पाँच भाइहरूले कब्जा गरे पनि देशैभरि जनलहरको क्रेज केपी ओलीले थुपार्नु भएको छ ।

जनलहर केपी ओलीप्रति हुनुका १० मुख्य तथ्यहरू

१. छिमेकी देशहरूसंग समान हैसियत राखेर आँखा जुधाएर बोल्न सक्ने नेता ।

२. समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा नेपालमा स्थापना गर्नु र त्यसलाई अरू दलका युवा नेताहरूले अनुसरण गर्नु ।

३. राजनीतिको एजेन्डाको खोस्टो मात्र बुझेको भन्दा पनि नेपाल र नेपालीको भावना बुझेको नेता, नेपालको सम्पदा चिनेको चतुर नेता ।

४. न हतारीने, ढिलो नगर्ने, निरन्तर हिंडिरहने, सहकर्मी, कार्यकर्तालाई निरन्तर साथ लिएर हिंड्न सक्ने । नराम्रो शब्दमा भन्दा गुटको संरक्षण राम्रो शब्दमा भन्दा टिमको विकास गर्न सक्ने नेता ।

५. विभिन्न आन्दोलनबाट खारिएर आउनु भएको नेता ।

६. दुश्मनले चारैतिरबाट घेरा हाल्दा पनि नअल्मलिई सिधा नढगमगाई हिंड्न सक्ने नेता ।

७. सिद्धान्तमा होस् या ब्यवहारमा कहिले पनि बिचलित नभई सरल, मिठो पाराले जनतालाई बुझाउन सक्ने नेता ।

८. प्रतिपक्ष या बिरोधीलाई तिखो जवाफी गोलीले ठहरै पार्दिने, आन्तरिक पार्टीभित्र पनि सानो मुटु भएका प्रतिस्पर्धी नेताहरू डराएर उनी बिरूद्ध मोर्चा कस्नेसम्म हुने यो भने उहाँको लागि नकारात्मक पक्ष । जसले बिरोधी खेलाडीहरूलाई अन्तरद्वन्द्वमा खेल्ने अवसर दिएको छ ।

यसै कारणले उहाँ जसरी अगाडि जानुपर्ने हो जान सक्नुभएन यो कुरा सत्य हो । बाहिरी र भित्री दुश्मन पनि धेरै छन् । तर आज लाखौं जनताको बलमा र लाखौ कार्यकर्ताको साथमा र धेरै नेताहरूले बलियो साथ दिएको अवस्था छ ।

९. देश बनाउन निषेधको राजनीति छोड्न पर्छ । सहकार्य र लोकतान्त्रिक बिधिबाट जनमतको बाटो नै उत्तम र बहुदलीय जनवादको स्थापित सिद्धान्त हो ।

१०. के पी ओली मात्र विकल्प नभए पनि तर आज अरू शक्तिहरूसंग जुधेर देशमा स्थायित्व, शान्ति, समृद्धि स्थापना गर्न सबै एक भएर शान्तिपूर्ण बाटोबाट समाजवादको बाटो तय गर्न उहाँको नेतृ्तव आवश्यक पर्छ भन्ने कुरा जनताले, कार्यकर्ताले, शुभचिन्तकले बुझेका छन ।

ठूला ठूला नेतागणहरूले साथ नदिए पनि युवा नेता कार्यकर्ता र धेरै जनताले साथ दिनेछन् । एकल बहुमतको सुरक्षा गर्न लागिपर्ने छन् । सबै अन्तरद्वन्द्वमा हराउनु भन्दा पनि आजको आवस्यकता भनेको जति छ त्यतिबाट जहाँ छौं त्यहीबाट उठौं नेपाली दाजुभाइ देश बनाउनलाई ।

देशको माया गर्ने एक प्रवासी नेपालीको आवाज ।

२०७८ पौष ८ गते ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.