जापान
बिहुँकोट समाज जापान कान्साईमा बेदप्रसाद कँडेल चयन
बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिको चौथो अधिवेशनले वेददप्रसाद कँडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कान्साई ओसाकामा केन्द्रीय अध्यक्ष अशोक शर्माको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनले कँडेलको संयोजकत्वमा १५ सदस्यीय नयॅा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राजु कँडेल र आनन्द कँडेल, सचिवमा बलबहादुर क्षेत्री (मुकेश), सहसचिव कृष्ण कँडेल र लक्ष्मण कँडेल तथा कोषाध्यक्षमा रेशम कँडेल र सहकोषाध्यक्षमा लक्ष्मण न्यौपानेलाई चयन भएका छन् ।
यस्तै सदस्यमा सन्तोष कँडेल, ऋषिराम कँडेल, प्रकास कँडेल, राजन न्यौपाने, कृष्ण न्यौपाने,खगराज कँडेल र देवीलाल कँडेललाई चयन गरेको छ ।
समारोहमा केन्द्रीय कोषाध्यक्ष रामु कँडेल र सल्लाहकार दीपकप्रसाद कँडेल, टीकाराम कँडेल लगायतको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्