जन सरोकार

भोलि शनिबार क्रिसमस डे : सार्वजनिक विदाको घोषणा

इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस डेको अवसरमा सरकारले डिसेम्बर २५ शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

यसअघि पनि क्रिसमस डेमा सार्वजनिक विदा दिएपछि चर्को आलोचना भएपछि यसअघि विदा नदिइए पनि यसपटक सरकारलाई शनिबार सार्वजनिक विदा घोषणा गर्न सजिलो भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button